TodayPati

सिरहामा शिवकुमारको हत्या अरोपमा आफ्नै काकाको छोरासहित २ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।

तीनदिन अघि सिरहाको मिर्चैया स्थित आँप बगैँचामा मृत भेटिएका शिवकुमार यादवको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुईजना मध्ये एकजना उनकै आफ्नो काकाको छोरा मिर्चैया नगरपालिका ७ का उनकै काकाका छोरा विष्णु यादव छन् । अर्का पक्राउ पर्ने विष्णुमन आफ्नै सालो इन्द्रदेव यादव रहेको प्रहरीले जनाएको छ ।

Sponsored

गएको चैत ९ गते बिहान २८ वर्षीय शिवकुमारको अपहरण गरी हत्या भएको अवस्थामा शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैंचामा भेटिएको थियो ।

ष्णुले शिवकुमारको अपहरण गरी फिरौती मागेको र नदिँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

प्रहरीका अनुसार विष्णुले शिवकुमारको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि चैत ८ गते राति हत्या गरी शव कंक्रिटले छोपेर भागेका प्रहरीको भनाइ छ । उनीहरुले शिवकुमारको मोवाइल भने खोलामा फालिदिएका थिए ।

Sponsored

शिवकुमारका दाजु हालै वैदेशिक रोजगारीबाट फर्केको हुनाले रकम असुल गर्ने उद्देश्यले अपहरण गरेको देखिएको डीआईजी सिंहको भनाइ छ । दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *