TodayPati

घुस काण्ड : बटेश्वर गापा अधिकृत यादव पनि बेपत्ता, कार्यालय नियमित गर्न CDO को निर्देशन

टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।

घुसकाण्डपछि धनुषाको बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादव पनि बेपत्ता भएका छन् ।

गएको फागुन १७ गते गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुस रकम फालेर भागेपछि अधिकृत यादव पनि बेपत्ता भएका हुन् ।

Sponsored

अख्तियारले घुस रकमसहित गाउँपालिकाका अध्यक्ष राउत चढ्ने गाडीको चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो भने अध्यक्ष राउत फरार भएका थिए । त्यसयता निमित प्रमुख प्रशासकीय अधिकृत यादव पनि मोबाइल स्विचअफ गरेर बेपत्ता भएका हुन् ।

यधपी उनी उनी सधैं कार्यालयमा उपस्थित भएको हाजिरी राजिष्टरमा देखिएको छ । लुकिछीपी आएर हाजिरी गर्ने र भाग्ने गरेको कर्मचारी श्रोतले जनाएको छ ।

अध्यक्ष राउत घुस काण्डमा परेपछि अधिकृत यादव डराएका छन् । दुबैको मिलोमतोमा गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लाग्ने गरेको छ ।

Sponsored

गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यादव अध्यक्ष राउतकै सिफारिसमा निमित्त प्रशासकीय अधिकृत बनेका थिए । गाउँपालिकामा अनियमिता गर्न निमित्त प्रशासकीय अधिकृतले सघाउन थालेपछि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका कर्मचारीलाई अध्यक्ष राउतले हाजिरी गर्न नदिइ फर्काउने गरेका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रण लगायत कार्यालय प्रयोजन तथा विभिन्न शीर्षकमा अध्यक्ष राउतसँगको मिलेमतोमा अधिकृत यादवले व्यापक अनियमितता गरेको आरोप लागेको छ ।

गाउँपालिका अध्यक्ष राउतकै निर्देशनमा कार्यालयमा कतिपय गैरकानुनी काम गरेकाले फस्ने डरले अधिकृत यादव सम्पर्कविहीन भएको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए ।
अधिकृत फोन स्विचअफ गरेर सम्पर्कविहीन बन्दा कार्यालय सञ्चालनलगायत विकासे काममा असर परेको वडा नं. ३ का वडाध्यक्ष हिरालाल महतोले बताए ।

घुस काण्डपछि गत फागुन १८ गतेदेखि नै अध्यक्ष राउतको कार्यकक्ष, निमित्त प्रशासकीय अधिकृत, योजना तथा लेखा शाखामा नागरिक समाज तथा पार्टीप्रतिनिधिले तालाबन्दी गरेका छन् । फरार गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही, हरहिसाब पारदर्शीलगायत माग उनीहरूले राखेका छन् । गाउँपालिका अध्यक्ष फरार, अधिकृत वेपत्ता र गाउँपालिका उपाध्यक्ष लगायत वडाध्याक्षहरु समेत चाँसो नदेखाएपछि सेवाग्राही सेवाबाट बञ्चित भएका छन् ।


नियमित सेवा सञ्चालन गर्न प्रजिअ बास्तोलाको निर्देशन

गाउँपालिका अध्यक्ष फरार र अधिकृत मोबाइल स्वीच अफ गरेर सम्पर्कबिहीन भएपछि गाउँपालिका कार्यालयका नियमित कसरी सञ्चालन गर्ने विषयमा जनप्रतिनिधि र राजनीतिक लका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय धनुषामा छलफल भएको छ । जसमा निमित प्रशासकीय अधिकृत यादव अनुपस्थित थिए । छलफलको क्रममा जनप्रतिनिधिहरुले निमित प्रशासकीय अधिकृत सम्र्कविहीन बन्दा तालाबन्दी खुलाउन र नियमति कार्यालय संचालन गर्न समस्या भएको गुनासो गरेका छन् ।

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निमित प्रशासकीय अधिकृतलाई सम्पर्क गरेर समन्वय गर्न निर्देशन दिएका छन् । अधिकृत यादव सम्पर्क नआए प्रहरी लगाएर सम्र्कमा ल्याएर कार्यालयको नियमित सेवा संचालन गर्न लगाउन सहयोग गर्ने प्रतिवद्धता प्रजिअ बास्तोलाले जाहेर गरेका छन् ।

‘तपाईहरु पनि सम्पर्क गर्नुस् । सम्पर्कमा आए समन्वय गरेर कार्यालय संचालन तिर लाग्नुस् । अध्यक्ष सम्पर्क बिहीनको अवस्थामा उपाध्यक्ष स्वतः कार्यकारी ा हुन्छन् । म अधिकृत यादवलाई सम्पर्क गर्दैछु । सम्पर्कमा आए कार्यालय नियमित सुचारु गर्न भन्छु । नभए प्रहरी मार्फत सम्र्कमा ल्याएर कार्यालय सुचारु गर्न लगाउँछु ।’ प्रजिअ बास्तोलाले भने ।

एकसाता अघि अधिकृत यादवसहित उपाध्यक्ष तथा वडाध्यक्षहरु जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रजिअ बास्तोलाले आन्दोलनरत्त पक्षसंग समन्वय गरी तालाबन्दी खोलाउन र अख्तियारबाट आएको पत्रको जवाफ जनप्रतिनिधिसंग समन्वय गरेर पठाउन निर्देशन दिएका थिए ।

दुईदिन भित्र त्यसमा चाँसो लिन अधिकृत यादवलाई प्रजिअले प्रत्यक्ष निर्देशन दिएका थिए । त्यस यतापनि अधिकृत यादव मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका छन् । उनले आफ्नै मनमौजी अख्तियारको पत्रको जवाफ जनप्रतिनिधिसंग समन्वय नै नगरी पठाएका छन् भने त्यसको आसीआर रेकर्ड समेत कार्यालयमा राखेका छैनन् । अधिकृत यादवले अध्यक्ष राउतलाई सहयोग पुग्ने गरी अख्तियारको पत्रको जवाफ पठाएको हुन सक्ने आशंका उब्जिएको छ ।

अख्तियारले बटेश्वर गाउँपालिका कार्यालयलाई पाँचवटा पत्र पठाई जवाफ दिन भनेको थियो। जसमध्ये एउटा पत्रमा घुस रकम फालेर फरार गाउँपालिकाका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको १९ नम्बर कोठामा हाजिरी हुन भनिएको थियो ।

नियन्त्रणमा लिएको गाउँपालिकाको गाडी कसले प्रयोग गर्ने गरेको र चालक को हुन् भन्ने एकिन गर्न तथा गाउँपालिका कार्यालय परिसरमा निर्मित भवन योजनाका सम्पूर्ण कागजात पठाउन भन्दै अख्तियारले पत्राचार गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *