TodayPati

कोरोना संक्रमण बढे जुनसुकै बेला लकडाउन गर्ने सरकारको तयारी, होली घरमै मनाउन आग्रह

टुडेपाटी-
काठमाडौं, चैत ११ गते ।

सरकारले कोरोना संक्रमण बढे फेरि लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको चक्र रोक्न लकडाउनसम्मको निर्णयमा पुग्ने बताएको छ ।

‘लकडाउन गर्नु नेपाल सरकारको उद्देश्य र चाहना होइन’, बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘संक्रमणको संख्या उच्च भए परिस्थिति हेरेर सरकारले नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नु पर्ने हुन्छ ।’

Sponsored

गत वर्ष आजकै दिन कोरोना महामारीका कारण लकडाउन गरिएको थियो । डा. अधिकारीले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण फेरि बढेको बताए ।

‘संक्रमण बढ्नु भनेको भिडभाड, मास्कको प्रयोग नगर्नु, दूरी कायम नगर्नु, भेला जुलुस, सभा सम्मेलनले हो’, उनले भने, ‘पछिल्लो समय संक्रमितको संख्यामा कमी आएको हो । तर, संक्रमणमको जोखिम कम भएको छैन ।’

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व पनि घरमै मनाउन र भीडभाड नगरी मनाउन आग्रह गरेका छन् ।

Sponsored

कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *