TodayPati

मलेसियाबाट फर्केका धनुषाका एक व्यक्तिमा कोरोनाको आशंका, चारदिनदेखि आइसोलेशन वार्डमा भर्ना

टुडेपाटी –
जनकपुरधाम, चैत ३ गते ।

कोरोना भाइरस संक्रमण भएको आशंकामा धनुषाका एक बिरामीको परिक्षणका लागि रगत र र्‍यालको नमूना काठमाडौं पठाइएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ का बिरामीको कोरोना संक्रमण भएको आशंकामा जाँच र परीक्षणका लागि नमूना काठमाडौं पठाइएको हो ।

Sponsored

केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएको थियो ।

त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

तर यहाँ कोरोना चेकजाँच गर्ने सुविधा नभएका कारण नमूना सोमबार बिहान काठमाडौं पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *