TodayPati

सार्लाहीमा बम बिस्फोट हुँदा एक महिला घाइते

टुडेपाटी-
सर्लाही, चैत ९ गते ।

सर्लाहीमा बम बिस्फोट हुँदा एक महिला घाइते भएकी छन् । बम बिस्फोटमा परी रौतहटको माधवनारायण नगरपालिका ८ पीपरा रजवाडाकी ३५ वर्षीया सुनिता देवी घाइते भएकी हुन् ।

उनको दुईवटा औंलामा घाउ लागेको छ । उनको उपचार गौर अस्पतालमा भइरहेको जनाइएको छ ।

Sponsored

सर्लाहीको रामनगर गाउँपालिकाको खर्बा गाउँ स्थित बागमती नदी नजिक बम बिस्फोट भएको हो । बागमती नदी पारी खेतमा घाँस काट्न गएको बेला साँझ ६ बजे बिस्फोट भएको छ ।

यता सर्लाहीका प्रहरी नायव उपरीक्षक कुवरले घटना रौतहटमा भएको बताएका छन् ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *