TodayPati

स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाका स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण बढेपछि स्वास्थ्य सुरक्षाका लागि सबै स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Sponsored

मन्त्रालयले नेपाल–भारत स्थल सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ ।

प्रवक्ता गौतमका अनुसार भारतमा बढ्दै गएको कोरोना संक्रमणका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा नाकाका हेल्थ डेस्क सक्रिय बनाउन निर्देशन दिइएको हो ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा सतर्कताका लागि सभा, जुलस, भेला, र्‍याली, बैठक तथा जमघटमा रोक लगाएको छ ।

Sponsored

प्रवक्ता गौतमका अनुसार भारतबाट आउनेलाई लक्षण तथा जोखिमका आधारमा प्राथमिकता निर्धारण गरी एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको बताए ।

भारतका संक्रमणदर बढेको स्थानबाट आउनेलाई लक्षण र सम्भावित जोखिमका आधारमा एन्टिजेन परीक्षण गर्न लागिएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आइतबार नै आग्रह गरेको छ ।

भारतमा आइतबार झन्डै ४४ हजार जनामा कोरोना संक्रमण भएको छ । दैनिक संक्रमणमा यो संख्या जनवरीयताकै सबैभन्दा बढी हो । यस्तै भारतमा आइतबार कोरोना संक्रमणबाट १९७ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या तीन लाख छ । भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ६० लाख रहेको छ भने मृत्यु हुनेको संख्या करिब एक लाख ६० हजार पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको महाराष्ट्र, नागपुरलगायतका राज्यमा लकडाउन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *