TodayPati

प्रदेश २ : भारतीय नाका खुलेपछि कोरोना महामारीको जोखिम बढ्यो, फेरि बढ्न थाले संक्रमित

टुडेपाटी-

जनकपुरधाम, चैत ९ गते ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेकै दिन वीरगन्जमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Sponsored

लामो समयपछि वीरगन्जमा एकै दिन १० जनामा कारोना संक्रमण भेटिएको हो।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५० जनाको स्वाब परीक्षण गर्दा पर्साको वीरगन्ज महानगरका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको हो।

Sponsored

५० जनाको परीक्षण गर्दा ती मध्ये १० जनामा संक्रमण भेटिनुले वीरगन्जमा फेरि संक्रमण बढेको भन्न सकिने अवस्था भएको उनले बताए। उनले भने,‘संक्रमण नियन्त्रणमा आएपछि विगत ३–४ महिनादेखि दिनहुँ फाट्ट फुट्ट रुपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो तर आइतबार ५० जनामध्ये १० जनामै संक्रमण भेटिनु चिन्ताको विषय हो।

यसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्ने सकिने अवस्था छ।’

झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ ।

भारतका विभिन्न राज्यमा उच्च दरमा संक्रमित थपिइरहेका बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । भारतसँग प्रदेश २ को ४ सय ६० किलोमिटर लामो सीमा जोडिएको छ ।

खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने चिकित्सकहरूको आंकलन छ ।
भारतले कात्तिक ६ देखि नेपालतर्फका केही नाका खुला गरिसकेको छ ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। नीरजकुमार सिंहले भारतीय राज्यमा संक्रमण तीव्र बढेकाले नाकामा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

केही दिनअघि भारतको कोलकता र मुम्बईबाट वीरगन्ज आएका तीन जनामा गम्भीर प्रकृतिको निमोनिया देखिएको उनले बताए ।

‘होली पर्वका लागि भारतबाट आउने नेपालीको संख्या बढ्छ,’ डा. सिंहले भने भने । वीरगन्जको सीमावर्ती सहर रक्सौलस्थित रेल्वे स्टेसनमा शनिबारदेखि स्वास्थ्यकर्मीले नयाँदिल्लीबाट आएका यात्रुको स्वास्थ्य परीक्षण थालेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *