TodayPati

धनुषामा घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख रुपैँया दिने मुख्यमन्त्री राउतको घोषणा


टुडेपाटी
जनकपुरधाम, चैत ३ गते ।

घरेलु मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका लगायतका स्थानमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ लाख राहत उपलब्ध गराउने भएको छ ।
आज विहानै शोकमग्न रमदैया पुग्नु भएका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गर्नु भएको हो । खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत बताउनु भयो ।
रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आजै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनु भयो ।
रमदैया पुगेको टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषामा घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख रुपैँया दिने मुख्यमन्त्री राउतको घोषणा

  • March 16, 2020 at 7:23 am
    Permalink

    Madina mukt pardes hunuparxa
    Ani jasle madira bisalu khuwayera manchhi lai mare xa khooni mudda lagnu parxa ani woha lai niay milxa hajur. Thanks

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *