TodayPati

सिरहामा एक युवकको विभत्स हत्या, आँप बगैँचामा शव

टुडेपाट-
सिरहा, चैत ८ गते ।

सिरहामा एक युवकको बीभत्स हत्या भएको छ । मिर्चैया नगरपालिका ७ का अन्दाजी २८ वर्षीय शिवकुमार यादवको हत्या भएको हो ।

सौर्य सिमेन्ट उद्योगमा कार्यरत शवको शव आइतबार बिहान बीभत्स हत्या भएको अवस्थामा मिर्चैया १ स्थित आँप बगैँचामा फेला परेको हो ।

Sponsored

पूर्वपश्चिम राजमार्गछेउकै आँप बगैँचामा कङ्क्रिटले छोपिएको अवस्थामा शिवकुमारको शव भेटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक शिवकुमार शनिबार साँझ साढे ८ बजे घरबाट निस्किएका थिए ।
शवको प्रकृति हेर्दा उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । शिवकुमारको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *