TodayPati

झा दम्पती बेपत्ता प्रकरण : चारजना अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात

टुडेपाटी-
जनकपुरधाम, फागुन १६ गते ।

महोत्तरीमा घरबाटै अोछ्यान सहित बेपत्ता झा दम्पती प्रकरणमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले अाइतबार पत्रकार सम्मेलन गरि घटनामा संलग्न रहेको अारोपमा छिमेकसहित चारजनालाई सार्वजनिक गरेको हो ।

Sponsored

पीपरा गाउँपालिका ५ सहोडबाका वर्ष ५२ का रामबाबु यादव, वर्ष २६ का सुरेन्द्र यादव, वर्ष २४ का राजेन्द्र यादव र विहार मधुवनी घर भई वडा नं. ६ बनौलि बस्ने हरेन्द्र ठाकुर लगायतलाई प्रहरीले सार्वजनिक गरेको हो ।

शंकाको अाधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुसंग झा दम्पतीको जग्गाको बाटो सम्बन्धि विवाद रहेको, पोलोग्रफी टेस्टमा झुटो बोलेको लगायतको प्रमाणको अाधारमा सार्वजनिक महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अाचार्यले बताए ।

यस्तै घटनाको केही दिनपश्चात सडकमा देखिएको रगतको छिटा मानवकै रहेको प्रमाणित भएकाले दम्पतिकै रहेको र उक्त रगतको छिटा पक्राउ अभियुक्त रामबाबुकै घर अगअगाडि र घरमा समेत फेला परेको प्रहरीको भनाइ छ ।

Sponsored

गएको फागुन १० गते राति पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवी अोछ्यान सहित बेपत्ता भएका थिए ।

दम्पतिको अोछ्यान नजिक र सडकमा रगतको छिटा फेला परेको थियो भने उनीहरुले अोढ्ने झुल पोखरामा फेला परेको थियो ।
दम्पतीको अवस्था अझै अज्ञात रहेको छ ।

हाल उक्त घटनाको अनुसन्धान सीअाइबीले गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *