TodayPati

मिथिला परिक्रमा आज धनुषाको पर्वतामा

टुडेपाटी-
जनकपुरधाम, चैत ८ गते ।

मिथिलाञ्चलको महाकुम्भ मिथिला मध्यमा परिक्रमा आज नवौं दिन धनुषाको पर्वता पुग्दैछ ।

आठौंदिन शनिबार महोत्तरीको भंगहा नगरपालिका ९ कञ्चनवन पुगेर होलि मनाएका परिक्रमा यात्री आइतबार बिहानैदेखि पर्वताका लागि प्रस्थान गरेका हुन् ।

Sponsored

पर्वता परिक्रमाको १५ मध्येको एक पडावस्थल हो । परिक्रमा यात्रीलाई पर्वतामा स्वागत गर्न स्थानीय संघसंस्था तथा सर्वसाधारणहरु तयारी गरेका छन् ।

उक्त ठाउँमा आज मेला लाग्ने गर्दछ । आज पर्वतामा बास बसेपछि परिक्रमा यात्री भोलि धनुषाधामका लागि प्रस्थान गर्नेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *