TodayPati

भारतमा फेरि कोरोना महामारी भयानक रुप लिँदै, तीन दिनमै १ लाख २४ हजार बढीलाई संक्रमण

एजेन्सी-

जनकपुरधाम, चैत ८ गते ।

भारतमा कोरोना संक्रमणले फेरि भयावह अवस्था उत्पन्न हुन थालेको छ ।

Sponsored

महामारी नियन्त्रण हुँदै गएको आँकलन हुँदै गर्दा भारतमा पछिल्लो समय फेरि संक्रमितको संख्या हवात्तै बढेको छ ।

दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ४३ हजार ८१५ जना संक्रमित भएका छन् । यसअघि

Sponsored

शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १९६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *