TodayPati

माधव नेपाल र भिम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

टुडेपाटी-
जनकपुरधाम, चैत ७ गते ।

नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।

नेपाल र रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बालुवाटारमा शनिबार बसेको बैठकले निर्णय लिएको हो ।

Sponsored

साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *