TodayPati

जोखिम भत्ताको माग गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

टुडेपाटी-
वीरगञ्ज, चैत ७ गते ।

कोभिड–१९ महामारीका बेला खटिए बापतको जोखिम भत्ता अहिलेसम्म पनि नपाएको भन्दै वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

जोखिम भत्ताको रकम सरकारले अस्पतालको खातामा पठाइसकेको भए पनि अस्पताल प्रशासनले वितरण नगरेकाले विरोधमा उत्रनु परेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताएका छन् ।

Sponsored

महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेको भए पनि अहिलेसम्म भत्ता जोखिम भत्ता नदिइएको उनले बताए ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीगरी करीब ४ सय जनाले साउनदेखि यताको जोखिम भत्ता पाएका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले भने जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेका कारण वितरण गर्न समस्या भएको बताए ।

जोखिम भत्ताको लागि कोभिडका बेला काम गर्ने कर्मचारीको डिउटी प्रमाणित गर्न एउटा समिति पनि बनाइएको र उक्त समितिले डियुटी प्रमाणित गरेर दिए लगत्तै वितरण हुने उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *