TodayPati

मिथिला मध्यमा परिक्रमा यात्रीको सुनचाँदीको गहना चोरी गर्ने १७ महिला गिरफ्तार

टुडेपाटी-
जनकपुुरधाम, चैत ७ गते ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीको सुनचाँदीको गहना चोरी गरेको आरोपमा प्रहरीले १७ जना महिलालाई पक्राउ गरेको छ । महोत्तरीको धमौरा मेला समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा महोत्तरीस्थित ध्रुवकुण्ड परिक्रमा मेलाबाट सुनचाँदीका गहनासहित ती महिला चोरहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ती महिलाहरुको साथबाट ५४ थान सुनको गहना र चाँदीको गहना १२ थान बरामद भएको महोत्तरीले जानकारी दिएको छ ।

Sponsored

प्रहरीका अनुसार सुनको मंगलसुत्र, सिक्री, चाँदीको पायल, बालासहित ३५ हजार भारतीय र १२ हजार नेपाली रुपैयाँ एवं आधा दर्जन मोबाइल सेट समेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा महिलादेखि बालबालिकाहरु पनि रहेको धमौरा मेला समितिका युवा रामेश्वर मण्डलले जानकारी दिए ।

उनीहरुलाई बलवा थानाका सई रविन्द्र सिंह, शसस्त्र बेस क्याम्प बनौटाका प्रहरी निरिक्षक राजकुमार झा, बलवा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष राजकुमार यादव र युवा नेता रामेश्वर मण्डलसहितको सक्रियतामा पक्राउ गरिएको छ ।

Sponsored

ध्रुवकुण्डबाट पक्राउ परेका केही महिलासँग सोधपुछ गर्ने क्रममा बलवा नगरपालिका वडा नम्बर–१० मा उनीहरु गरगहना लुकाएर राखेको स्थल समेत पत्ता लागेपछि नगद र गरगहनासहित उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *