एमालेको संसदीय दलको बैठक बस्दै, नेपाल समुहले बहिस्कार गर्ने
टुडेपाटी-
काठमाडौँ, चैत ७ गते ।
नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
संसदीय दलको विधान संशोधन गर्ने तयारी छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।
संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिए ।
यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।
शुक्रबार काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।
Sponsored
यस्तै कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन्।
शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले केपी ओलीविरूद्ध पार्टीमै रहेर आन्दोलन गर्ने भन्दै बैठकमा सहभागी हुने बताएका हुन्।