जनकपुरबाट चिट तयार गरी बेच्ने ५ फोटोकपी संचालक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिष (सिटीईभीटी) को परीक्षामा चिट तयार गर्ने पाँचजना फोटोकपी संचालक जनकपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका ३ बस्ने वर्ष ३१ का रोहित गुप्ता, वर्ष ५० का मनोज कुमार श्रेष्ठ, वडा नं. ५ बस्ने वर्ष ३७ का बिजय कुमार साह, वडा नं. बस्ने वर्ष ६२ का जय कुमार साह र वर्ष ३२ का कौशल किशोर साह रहेका छन् ।
उनीहरुलाई डिप्लोमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित भैरवचोक र मुरलीचोक एरियाबाट डिप्लोमा तहको समेष्टर र प्रि–डिप्लोमा तहका वार्षिक परीक्षाको चिट तयार गरिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
पक्राउ परेकाहरु परीक्षा चलिरहेको अवस्थामा पुस्तकहरुलाई फोटोकपी गरी सानो चिटको साईजमा बनाई बिक्री वितरण गरिरहेका थिए । परीक्षालाई अमर्यादित बनाउन सहयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट २ थान ल्यापटप, १ थान मोवाईल र सानो चिट साईजको फोटोकपी बुकहरू ५ बोरा सहित बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि शिक्षा ऐन २०२८ को दफा १७ को १ (च) बमोजिमको कसुरमा ५ दिन म्यादथप गरी अनुसन्धान कार्य भई रहेको डीएसपी मिश्रले बताए ।
Sponsored
यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले सीटीईभीटीको पश्नपत्र आउट गर्ने ५ जना पक्राउ परेको गलत जानकारी दिएको थियो । पछि जिल्ला प्रहरी कार्यालय धनुषाले चिट तयार गरी बेच्ने फोटोकपी संचालक रहेको पुष्टि गरेको हो ।