महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
टुडेपाटी-
काठमाडौं, चैत ६ गते ।
महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’
शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको थियो । नवनियुक्त महान्यायाधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् ।
Sponsored