TodayPati

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना खारेजीको माग गर्दै प्रदर्शन

टुडेपाटी-
काठमाडौं, चैत ६ गते ।

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना खारेजीको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् ।

विमानस्थल निर्माणको क्रममा सयौं रुख कटान हुने भन्दै काठमाडौंको माइतीघरमा शुक्रबार युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।

Sponsored

‘निजगढको वैकल्पिक समाधान खोजैं, एयरपोर्ट भन्दा वनजंगल नै रोजौं’, ‘पर्यावरण बचाऔं’, ‘सेभ निजगढ’, ‘विकास की विनास ?’ लगायतका नारा लेखिएका व्यानार तथा प्लेकार्ड सहित युवाहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९९५ मा नेपीको÷आइराड नामक कम्पनीले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने तय गरेको थियो ।

निजगढमा विमानस्थल बनाउन लाखौं रुख कटान गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले विकल्प खोज्नुपर्ने भन्दै पटक पटक प्रदर्शन गर्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *