TodayPati

जनकपुरबाट CTEVT को प्रश्नपत्र आउट गर्ने फोटोकपी सञ्चालकसहित ५ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।

जनकपुरबाट सिटइभिटीको प्रश्नपत्र आउट गर्ने पाँचजना पक्राउ परेका छन् ।

परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न फोटोकपी सञ्चालकसहित पाँचजनालाई धनुषा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मुरली चोक र भैरव चोकबाट फोटोकपी सञ्चालकसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

परीक्षा सञ्चालन भइरहेकै क्रममा प्रश्नपत्र आउट भएको प्राप्त सूचनाको आधारमा छापामार्दा उनीहरू पक्राउ परेको मिश्रले बताए ।

प्रश्नपत्र आउट गर्ने कार्यमा थप व्यक्तिहरूको संलग्नता रहेको खुल्न आएको र उनीहरूको खोजी भइरहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *