TodayPati

पत्रकार महासंघ धनुषा शाखाद्वारा ‘शास्त्री सभाकक्ष’ निर्माण

टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले ‘शास्त्री सभाकक्ष’ निर्माण गरेको छ । धनुषाका पहिलो मैथिली पत्रकार तथा साहित्यकार स्वर्गीय सुन्दर झा शास्त्रीको स्मृतिमा महासंघ धनुषा शाखाले आफ्नै भवनमा ‘शास्त्री सभाकक्ष’ निर्माण गरेको हो ।

जनकपुरधामको सुकरबारी बजार नजिक आफ्नै भवनको तेश्रो तल्लामा नवनिर्मित गरेको ‘शास्त्री सभाकक्ष’को बिहीबार एक समारोहबीच नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उदघाटन गरेका छन् । महासंघ धनुषशा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष आचार्यको प्रमुख आतिथ्यमा भवनको उदघाटन गरिएको हो ।

Sponsored

भवन उदघाटन गर्दै केन्द्रिय अध्यक्ष अचार्यले ६५ वर्ष पूरा भएका पत्रकारलाई मासिक १० हजार वृत्ति दिने तयारी भइरहेको बताएका छन् । उदघाटन गदै आचार्यले ६५ वर्ष पूरा भएका पत्रकारलाई मासिक १० हजार वृत्ति दिने गरी निर्देशिका बनाउने काम भइरहेको बताए ।

महासंघको कल्याण कोषमा ६ करोड रकम जम्मा भएको तथा सोहि व्याजबाट निर्देशिका जारी भए पश्चात वृति प्रदान गरिने उनको भनाई छ । अध्यक्ष आचार्यले कल्याण कोषबाट ज्येष्ठ पत्रकार, अपाङ्ग पत्रकार तथा द्वन्दमा परेका पत्रकारहरुलाई आर्थिक सहयोग प्रदान गरिने समेत बताए ।
लोकतन्त्रको संस्थागत विकासका लागि पत्रकारहरुले निस्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

Sponsored

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल, प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष प्रवीण साह, सल्लाहकार वीरेन्द्र रमण, प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष राजेश कर्ण, प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत, प्रेस सेन्टरका अध्यक्ष शैलेन्द्र महतो क्रान्ति, दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलाश दास, मधेसी पत्रकार समाज धनुषाका अध्यक्ष शुभाष कर्णसहितका वक्ताले पत्रकारिताको हकहितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *