TodayPati

हचुवाको भरमा जनकपुरका अधिकांश पसलहरु बन्द, ग्राहकलाई सास्ती

टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।

हचुवाको भरमा जनकपुरधामका अधिकांश पसलहरु बन्द भएको देखिएको छ । बिहीबार बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि अधिकांश स्थानीय व्यापारीहरुले पसल बन्द गरेका छन् । पसलहरु बन्द हुँदा बाहिरबाट किनमेल गर्न आएका ग्राहकलाई सास्ती खेप्नु परेको छ ।

यसअघि पनि महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै जनकपुरका व्यापारीहरुले समेत हल्लाको भरमा पसल बन्द गरेको छ ।

Sponsored

जनकपुरधामको पिडारी चोक, भानुचोक, शिवचोक, जानकीचोक, विद्यापति चोक, रामचोक, रामानन्द चोक लगायतका अधिकांश पसलहरु बिहीबार बन्द भएको हो ।

यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले व्यापारीहरुले हल्लाकै भरमा स्वयं आ–आफ्नो पसल बन्द गरेको बताएका छन् । उनले बजार अनुगमन सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने,‘व्यापारीहरुले आफै हल्लाको भरमा पसल बन्द गरेका छन् । हामीले कसैलाई पसल बन्द गर्न भनेका छैनौं । यस सम्बन्धमा कुनै आधिकारीक जानकारी पनि आएको छैन् ।’

Sponsored

अध्यक्ष साहले यहाँका सबै व्यापारीलाई ढुक्क भएर आ–आफ्नो पसल खोल्न आग्रह समेत गरेका छन् ।

हल्लाकै भरमा बजार अनुगमन टालीको नाम सुनेर जनकपुरधामका व्यापारीहरु पसल बन्द गरेर भागेका छन् भने साँच्चिकै अनुगमन टोली आएपछि यहाँका पसललेहरुको अवस्था के हुन्छ ? भने सहजै अनुमान गर्न सकिन्छ । यसका कारण जनकपुरधामका व्यवसायीहरु प्रति शंका उब्जन थालेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *