TodayPati

जनकपुर-२१ को वडा कार्यालयमा जनप्रतिनिधिले नै लगाए ताला, वडाध्यक्षमाथि यस्तो आरोप

टुडेपाटी-

जनकपुरधाम, चैत ५ गते ।

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष रामेश्वर महासेठले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखापाखा गरेको भन्दै असन्तुष्ट तीन सदस्यले बुधवारदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आफुहरु १२ बुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको वडासदस्यहरुले बताएका छन् ।

यसअघि सदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामासमेत निवदेन दार्ता गराएका थिए । तर, नगर प्रमूख लालकिसोर साह र धनुषाका सिडिओले चासो नलिएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको उनीहरु बताउँछन् ।

पटक पटक हरहिसाब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न भनेपनि वडाध्यक्षले वेवास्ता गरेको वडासदस्य महतोको भनाई छ ।

वडाध्यक्ष महासेठले नातेदारलाई उपभोक्ता समिति बनाएर योजना सञ्चालन गरिरहेको पनि उनको आरोप छ ।

वडा स्तरीय अनुगमन समिति चयन गर्नुपर्ने, वडामा कुनै काम हुँदा अनिवार्य वडा सदस्यको उपस्थिति हुनुपर्ने, योजना तर्जुमा स्थानीय र वडा सदस्यको सल्लाहमा हुनपर्ने, आय–व्यय सार्वजनिक गर्नुपर्ने र विकास निर्माणको काममा होर्डिङ बोर्ड लगाउनुपर्ने लगायत १२ बुंदे माग वडा सदस्यहरुको छ ।

वडा सदस्य बैद्यनाथ पण्डितका अनुसार वडाध्यक्षकले सडक निर्माणमा आफ्नो भाई नरेश महासेठको घर बचाउन सार्वजनिक जग्गा मिचेका छन् ।

यता, वडाध्यक्ष महासेठले आफूमाथि वडा सदस्यहरुले लगाएको सम्पूर्ण आरोप गलत रहेको दावी गरे ।

खाता सञ्चालनको जिम्मा आफ्नो मातहत नरहेको भन्दै पालिकामा गएर हरहिसाब माग्न सुझाए । सडक निर्माण कानुन अनुसार नै भएको उनको दावी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *