माध्यमिकी परिक्रमा जलेश्वरमा
रञ्जन भण्डारी –
महोत्तरी,चैत्र ४ गते ।
मिथिला माध्यमिकी परिक्रमा जलेश्वर आईपुगेको छ । बुधवार विहानै महोत्तरी कै मटिहानीबाट विदा भएको परिक्रमा मटिहानीबाट सात किलो मिटरको दुरी तय गर्दै जलेश्वर आईपुगेको हो ।
प्रदेश साँसद,जलेश्वरका मेयर तथा अन्य विभिन्न गन्य मान्य व्यक्तित्वहरुले जलेश्वरमा परिक्रमाको स्वागत गरेका छन । जलेश्वर आईपुगेको परिक्रमालाई बाटोमै विभिन्न परोपकारी संघ संस्था,व्यक्ति,विद्यालय तथा निकायहरुले यथासक्य खाद्यय सामग्री,चिया,पानी,सत्तु,च्युरा,खाना र नास्ता तथा वस्तु उपलब्ध गराएर छन । यता परिक्रमा यात्रीकै स्वागतमा शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटरको मुख्य गेटमै समेत शसस्त्र प्रहरीहरुले पानी खुवाएर स्वागत गरेका हुन् ।
जलेश्वरमा परिक्रमालाई स्वागत गर्ने मुख्य धार्मिक संस्थाको रुपमा रहेको स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वरका पदाधिकारी तथा स्वयम सेवकहरुले जलेश्वर स्थित भार्गवसर कुटीबाट नै मिथिला विहारीको डोलालाई स्वागत गर्दै परिक्रमा पडाव स्थलसम्म लगेको छ । यता सोहि संस्थाले परिक्रमामा आएका साधु सन्तहरुलाई विभिन्न खाद्यय सामग्री,दाउरा,पराल लगायतको सामग्री समेत संस्थाकै तर्फबाट उपलब्ध गराएको छ ।
परिक्रमा आज जलेश्वर मै वास वसी भोली विहिवार महोत्तरी कै मडई पुग्ने छ । त्यहाबाट ध्रव कुण्ड र कन्चन वन हुदै परिक्रमा धनुषामा प्रवेश गर्ने छ ।
Sponsored