TodayPati

बेपत्ता झा दम्पती प्रकरणको अनुसन्धान गर्न सिआइबीको टोली महोत्तरी प्रस्थान

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

महोत्तरीका बेपत्ता झा दम्पती प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोली परिचालन गरेको छ । यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको थियो ।

झा दम्पतीको घटनामा २ नम्बर प्रदेश प्रहरी कार्यालयले चासो नदेखाएको भन्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ सहितका ४४ वटा संघसंस्थाले घटनाको सिआइबीले अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

Sponsored

अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेको २३ दिनपछि अनुसन्धानका लागि सिआइबीको टोली परिचालन गरिएको हो । सिआइबी प्रमुख सहकुल थापाले घटनाको अनुसन्धानका लागि टोली परिचालन भएको पुष्टि गरेका छन् ।

‘अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली गठन भएको छ,’ थापाले भने, ‘टोली आजै महोत्तरी प्रस्थान गरिसकेको छ ।’ सम्भवतः छिट्टै नतिजा आउनेसमेत थापाले बताए ।

गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको अवस्था अझै अज्ञात रहेको छ ।

Sponsored

उनको घर र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मंगलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी खटाइए पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन ।

प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करिब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी पत्ता नलागेको प्रहरीको भनाइ छ ।

झा दम्पती सुतेको अवस्थामै बेपत्ता पारिनु, उनीहरु सुतेको खाट पनि फेला नपर्नुले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *