TodayPati

बर्दिबासमा तौलपुल सचालनमा आयो, बढी मालसामान लोड गर्ने गाडीलाई कार्वाही हुने

टुडेपाटी-

जनकपुरधाम, चैत ४ गते ।

तोकिएको भन्दा बढी भार बोक्ने सवारी साधनलाई कारबाही हुने भएको छ ।

Sponsored

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएको भन्द बढी भारको मालसामान लोड गर्ने सवारीलाई कारबाही गर्न लागेको हो ।

सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएकोले विभागले जनाएको छ।

चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *