TodayPati

ओलीसँग सत्ता साझेदार हुन सक्दैन : सिटौला

शुभ नारायण यादव –
सप्तरी , चैत ३ गते ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सक्ता साझेदार नहुने बताएका छन् ।

अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरे ।

Sponsored

प्रेस यूनियन सप्तरीले मंगलबार सदरमुकाम राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताउँदै यसको लागी तयारी भइरहेको उनको भनाइ छ ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर आउने भन्दै सिटौलाले ओलीसँग सक्ता साझेदार नहुने बताए ।

‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ,’ उनले भने ‘ चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुन्छ ।

Sponsored

प्रतिनिधि सभा विघटन गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उनले टिप्पणी गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *