TodayPati

२५ बुँदे माग सहित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र


टुडेपाटी समाचारदाता
जनकपुरधाम, चैत २ गते ।

२५ बुँदै माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । बैदेशिक रोजगारमा जाने कामदारले विभिन्न समस्या झल्नु परेको भन्दै आइतवार केन्द्रले नेपाल सरकारले बैदेशिक रोजगारको क्षेत्रलाई अझ सुरक्षित, व्यवस्थीत र अधिकतम लाभदायी बनाउनको लागि थप प्रयास गर्न माग गर्दै ज्ञापन बुझाएको हो । केन्द्रले फ्रि–भिसा, फ्रि–टिकट नीतिको प्रभावकारी कार्यान्वयन, बैदेशिक रोजगार विभाग र बैदेशिक रोजगार बोर्ड अन्तर्गतबाट दिइने सेवाग्राहीलाई छिटो, छरितो, सरल र सहज तथा पारदर्शी बनाउन विकेन्द्रीकरण गरिे पायक पर्ने स्थानीय तहमार्फत प्रभावकारी रुपमा कार्यान्वयन गर्न लगायतको २५ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।

यस्तै बैदेशिक रोजगारीमा जान वाध्य युवाहरुलाई निव्र्याज तथा विना धितो ऋणको व्यवस्था गरिने निति समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
बैदेशिक रोजगार सम्वन्धि उजुरी दिने, क्षतिपुर्ति माग गर्ने लगायतका हाल कायम रहेका हदम्यादको व्यवस्था हटाएर कुनै पनि समयमा दिन पाइने व्यवस्था गर्न समेत माग गरिएको छ ।
बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने, अङ्गभङ्ग भएका लगायतका पीडित वा उनका परिवारलाई बैदेशिक रोजगार बोर्डबाट एवं बैदेशिक रोजगार कल्याणकारी कोषबाट उपलव्ध गराइने सहयोग रकम सहज रुपमा प्रदान गर्न र कम्तिमा उक्त परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका केन्द्रको माग छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *