एमाले अध्यक्ष केपी ओली र माधव नेपालबीच छलफल जारी, यी ८ नेताहरु वार्तामा साक्षी बसे
टुडेपाटी-
काठमाडौँ, चैत २ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता सुरु भएको छ ।
पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल सुरु भएको हो ।
छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।
ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता सुरु भएको छ ।
Sponsored
पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल सुरु भएको हो ।
वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी छन् ।
ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका हुन् । यसैबीच
एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज छलफल हुन लागिरहेका बेला पार्टी एकता अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमले भने आफ्नो छुट्टै बैठक राख्ने भएका छन्।
नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उनले भोलि मंगलबारका लागि बैठक बोलाएका हुन्।
‘भोलि (मंगलबार) बिहान ११ बजे बल्खु ९सिद्धिगणेश पार्टी प्यालेस० मा अभियानको बैठक बस्नेछ,’ उनले भने।
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको १ सय ७५ सदस्यीय कार्यसमिति छ।
ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन्।