TodayPati

धनुषाका सीडीओ कणेलको सरुवा, यी हुन् नयाँ सीडीओ

टुडेपाटी-

जनकपुरधाम, चैत २ गते ।

सरकारले २६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको पनि सरुवा भएको छ भने नयाँ सीडीओको रुपमा कोश हरि निरौला रहेका छन् ।

Sponsored

कणेललाई महानिर्देशकमा कारागार व्यवस्थापन विभाग कालिकास्थान सरुवा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा आउने नयाँ सीडीओ निरौला गृहमन्त्रालयमा सह-सचीव पदमा यस अघि कार्यरत थिए ।

आइतबार सरुवा भएका सिडिओको सूची गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।

सरुवा गरिएका केही सीडीओलाई अन्य जिल्लामा, केहीलाई विभागमा र केहीलाई मन्त्रालयमा तानिएको छ ।

Sponsored

मन्त्रिपरिषद्को फागुन ३० गते बसेको बैठकअनुसार सीडीओहरुको सरुवा गरिएको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *