TodayPati

नेकपा माओवादी केन्द्रले ४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटी कायम राख्ने

टुडेपाटी-
काठमाडौं, चैत १ गते ।

नेकपा माओवादी केन्द्रले २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले ४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको हो ।

पार्टी एकताको क्रममा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए । तर, एकता भंग भए पनि २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय भएको जनाएको छ ।

Sponsored

अहिले एकता भंगपछि माओवादीका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेता एमालेमा लागेका छन् । पार्टी एकता भंग हुँदा माओवादीलाई असर नगरेको निष्कर्षसहित अबको निकासबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा राखेका थिए ।
बैठकमा पार्टीको नाम फेर्ने विषयमा पनि एजेण्डा तय भएको केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *