TodayPati

‘प्रदेश २ मा जताततै कालोबजारी’ – ५ रुपैँयाको मास्क ६५ रुपैँयामा किनेको सांसदको गुनासो

टुडेपाटी
जनकपुरधाम, चैत २ गते ।

प्रदेश २ का सांसदहरुले कोरोना भाइरस त्रास फैलिरहेको बेला बजारमा कालोबजारी बढेको भन्दै नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । बजारमा कालोबजारी बढेको भन्दै सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) सांसद रानी शर्मा तिवारीले बजारमा जताततै कालोबजारी भइरहेपनि सकारकार मौन देखिएकोमा आपत्ति जनाइन् ।

नेपाली काँग्रेसकी सांसद सरस्वती चौधरीले बजारमा ग्यास, खाद्यन्न समाग्री र मास्ककको कालाबजारी बढेकोमा आपत्ति जनाइन् । उनले बजारमा ५ रुपैँयामा पाइने मास्क आफुले ६५ रुपैयाँको दरले किनेको गुनासो पोखिन् । यस्तै नेकपा सांसद दिलिप यादवले समेत सरकार कोरोना भाइरस फैलिन नदिन तयारी नगरेको भन्दै आपत्ति जनाए ।

अर्की सांसद डा।रीना यादवले कोरोना संक्रमणलाई विश्वले महामारी घोषणा गरिसके पनि प्रदेश सरकारको तर्फबाट हालसम्म सामान्य सन्देशसमेत आउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।
‘विश्वले कोरोनालाई महामारी घोषणा गरिसकेको छ, यसबाट जनतालाई जोगाउन प्रदेश सरकारले गरेको तयारीबारे कसैलाई केही जानकारी छैन,’ यादवले भनिन्, ‘मच्छर नियन्त्रणको लागि काम गर्न नसक्ने सरकारले कोरोनाको लागि के नै गर्न सक्छ ?’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *