श्रीलंकामा अब बुर्का लगाउन नपाइने, एक हजार बढी मुस्लिम स्कुल पनि बन्द गराइयो
एजेन्सी-
जनकपुरधाम, चैत १ गते ।
श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ ।
शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।
यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् ।
अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिटै नै कार्यान्वयनमा आउने बताएका छन् ।
Sponsored
श्रीलंकामा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले बुर्का प्रयोगमा रोक लगाएको छ । बालबालिकाको १ हजार बढी अध्ययनस्थल मदरसा बन्द गर्ने निर्णय गरेको छ ।
श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री सारथ विरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी दिएका छन् ।
बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको भन्दै मन्त्री विरासेकाराले अव बुर्कामा प्रतिबन्ध लगाइएको जानकारी दिए ।
श्रीलंकामा सन् २०१९ को इस्टरमा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लगाइएकोमा अब पूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको हो ।
श्रीलंकामा झन्डै ९ प्रतिशत मानिस मुस्लिम छन् भने जनसंख्या ७० प्रतिशत बुद्ध धर्मालम्वी छन् ।