TodayPati

११ बजे माओवादीको बैठक बस्दै, गृहमन्त्रीसहित एमालेमा गएका यी २३ नेतालाई कारबाही गर्ने

टुडेपाटी-

काठमाडौँ, चैत १ गते ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

Sponsored

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको थियो ।

एमालेको केन्द्रीय कमिटीमा रहेका गृहमन्त्री रामबहादुर थापासहित २३ नेताहरूलाई आजको बैठकले कारबाही गर्ने स्रोतले बताएको छ ।

Sponsored

हिजो बसेको स्थायी कमिटी बैठकले मन्त्रीसहित २३ नेताहरुलाई २४ घण्टाभित्र पार्टी छोडेरनछोडेको जानकारी गराउन निर्देशन दिएको थियो ।

उक्त समयसीमाभित्र जानकारी नगराउने नेताहरुलाई आजको बैठकले कारबाही गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पनि गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’सहितका नेताहरुलाई नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए ।

जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *