TodayPati

यी तीन प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना, मौसमविदले दिए यस्तो चेतावनी

टुडेपाटी-

जनकपुरधाम, चैत १ गते ।

तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित आज वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

Sponsored

बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ : साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।

आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Sponsored

यसबाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *