TodayPati

प्रदेश २ : राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु, सातवटै प्रदेशका खेलाडीबीच रोचक भिडन्त हुने

शुभ नारायण यादव-

सप्तरी, फागुन २९ गते ।

प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शनिबारदेखी सप्तरीको राजविराजमा सुरु भएको छ ।

Sponsored

जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरु भएको प्रतियोगितालाई प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् ।

प्रतियोगिता स्थलमा १८ केजिको वारबेल (भार) उचालेर उनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० महिला र पुरुष खेलाडीको सहभागिता रहेको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए ।

Sponsored

प्रतियोतिामा विभिन्न तौल समूहमा महिलातर्फ १७ र पुरुषतर्फ १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन शनिबार महिलातर्फको ४५ केजि सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छिन् ।

यस्तै ४५ केजि महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छिन् ।

४५ केजिकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छिन् ।

महिलाको ४९ केजि सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन् ।

४९ केजि महिला युथतर्फ सप्तरीकी पूजा मण्डल स्वर्ण, कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् ।

४९ केजि महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छिन् ।

यस्तै पुरुष सिनियरको ५५ केजि तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् ।

उद्घाटन खेलमा बिजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री मातृका प्रसाद यादव तथा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले पुरस्कार बितरण गरेका थिए ।

उद्घाटनका अवसरमा अन्तराष्ट्रिय पदकधारी खेलाडी समेत रहेका अशोक फिटनेश कम्पनीका संचालक अशोक शाहीले विभिन्न जिल्लाका खेलाडीलाई ५० हजार मुल्य बराबरको खेल सामाग्रि निशुल्क उपलब्ध गराएका थिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा बिजेतासँगै स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट, स्ट्रोङगेस्ट वुमेन अफ द टुर्नामेन्ट, सर्वोत्कृष्ट महिला र पुरुष तथा राइजिङ प्लेय

र महिला र पुरुष खेलाडीको पनि छनोट गरि नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीका पुराना एवं पूर्व राष्ट्रिय भारोत्तोलन खेलाडी राजविराज निवासी ५२ वर्षिय देवसुन्दर यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो ।

उनकै स्मृती एवं सम्मनमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको छ । उदघाटन शत्रलाई सम्बोधन गर्दै मन्त्री साहले खेलकुद क्षेत्रको विकासका लागि “खिलेगा मधेश, खेलेगा मधेश” अर्थात मधेश फल्ने फुल्ने छ, मधेशले खेल्ने छ भन्ने सिद्धान्त र प्रण बोकेर प्रदेश सरकार अघि बढेको बताए ।


प्रदेशमा खेलकुदको विकास, बिस्तार, प्रवद्र्धन, संचालन र व्यवस्थापनका लागि आफूहरु लागिपरेको उनले बताए । यस्ता प्रतियोगिताले खेलक्षेत्रको मात्र नभई खेलाडी र देशको विकासका लागि समेत टेवा पुग्ने मन्त्री साहले जिकिर गरे ।

प्रतियोगिता सफलताको शुभकामना दिँदै नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले मुलुकका लागि सर्वाधिक पदक ल्याउने खेल मध्येका एक भारोत्तोलन खेल राज्यको उदासिनताका कारण छाँयामा परेको भन्दै यसतर्फ राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

आयोजक भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले सप्तरी भारोत्तोलन खेलको उर्वभरभूमी समेत भएको बताउँदै यस प्रतियोगिताको माधयमबाट थप राम्रा प्रतिभा निस्किने विश्वास व्यक्त गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *