आफ्नो पार्टीका नेतालाई मन्त्री छोड्न माओवादीको २४ घण्टे अल्टिमेटम, नछोडे सांसद पद पनि खुस्किने
टुडेपाटी-
काठमाडौँ, फागुन २९ गते ।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ।
शनिवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए।
माओवादीको कोटाबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन्। उनीहरु सरकारबाट नफर्के कारबाही हुने स्थायी कमिटी सदस्य पोखरेलले जानकारी दिए।
त्यसैगरी माओवादी केन्द्रले एमालेमा केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
Sponsored
उनीहद्ये २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्यागबारे स्पष्टीकरण दिनुपर्ने र त्यसो नगरेमा कारबाही अघि बढाइने माओवादीको तयारी छ।
शुक्रबार एमालेले गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो।
माओवादीले दलको निर्देशन नमान्ने नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उनीहरुलाई पार्टीबाट निस्कासन गर्नुका साथै केही मन्त्रीको सांसद पदसमेत खुस्कने बताइएको छ।
माओवादीबाट मन्त्री बनेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद हुन् भने मणि थापा र दावा तामाङ सांसद हैनन्।
यसैगरी केन्द्रीय सदस्य बनेका प्रदेशका केही मन्त्रीको सांसद पद पनि खुस्कने माओवादी केन्द्रले जनाएको छ।