TodayPati

एमालेमा लागेका बादल सहित २३ नेतालाई कार्वाही गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

टुडेपाटी-

काठमाडौँ, फागुन २९ गते ।

पार्टी छाडेर एमालेको केपी ओली समूहमा गएका नेतामाथि कार्वाहीको निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दैछ।

Sponsored

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन्।

माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।

बैठक ९ बजेपछि पेरिसडाँडामा बस्दैछ।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन्।

Sponsored

बादल गृह, रायमाझी ऊर्जा, भट्ट वाणिज्य, थापा खानेपानी, साह सहरी विकास, थारू श्रम र लामा खेलकुदमन्त्री छन् । माओवादी केन्द्रले कारबाही गरे बादल, भट्ट, साह र थारूको सांसद पद पनि धरापमा पर्नेछ । यसबाहेक सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरु गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *