TodayPati

प्रदेश २ मा एक लाख ६८ हजार ५६८ ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानअन्तर्गत प्रदेश २ मा अहिलेसम्म डेढ लाखभन्दा बढी ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

अहिलेसम्म एक लाख ६८ हजार ५६८ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक डा.विजय कुमार झाले जानकारी दिए ।

जसमा सबैभन्दा बढी धनुषाका ज्येष्ठ नागरिकले खोप लगाएका छन् । त्यस्तै, धनुषामा २० हजार ६१३ जना, बारामा २८ हजार ६ सय जना, सर्लाहीमा २७ हजार ८८५ जना, महोत्तरीमा २४ हजार ५५५ जना, सिरहामा १८ हजार ६०८ जना, रौतहटमा १४ हजार ९५९ जना, सप्तरीमा १३ हजार ८४८ जना र पर्सामा १० हजार १९७ जनाले खोप लगाएको निमित्त निर्देशक डा.झाले बताए ।

गत आइतबारबाट सुरु भएको दोस्रो चरणको खोपअन्तर्गत ३ लाख ७२ हजार २११ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसमध्ये अहिलेसम्म ४६ प्रतिशतलाई खोप लगाइसकिएको स्वास्थ्य निर्देशनालय जनाएको छ ।

प्रदेशमा पहिलो चरणमा ३४ हजार ८०४ जनाले खोप लगाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *