TodayPati

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित यी स्थानहरुमा आज वर्षा हुने

टुडेपाटी-

जनकपुरधाम, फागुन २८ गते ।

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

Sponsored

महाशाखाका अनुसार आइतबार ९आज० सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बाग्मती र प्रदेश( १ का पहाडी भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिँदै महाशाखाले पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

शनिबार देशभरी बदली रही पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ ।

Sponsored

आइतबार पहाडी भू(भागमा बदली रही बाग्मती र प्रदेश( १ का पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *