TodayPati

धनुषामा मदिराबाट थप २ को मृत्यु, मृत्यु हुनेको संख्या १७ पुग्यो, १५ बढी बिरामी

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत २ गते ।

धनुषामा घरेलु विषक्त मदिरा सेवनबाट थप दुईजनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ मसहरी टोलका २६ वर्षीय युवक जितेन्द्र सदाको आइबारट मदिरा सेवनको कारण बिहान मृत्यु भएको स्थानीय बिक्की सदाले जानकारी दिए ।

उनले होली पर्वको अवसरमा मदिरा सेवन गरेको कारण बिरामी भएका थिए । यस्तै सोहि बस्तीका दुईजना पुरुष र एक महिलाको मदिरा सेबनकै कारण बिरामी भएर शुक्रबार र शनिबार ज्यान गएको थियो । जितेन्द्र लगायत सो बस्तीमा मदिरासेवनबाट शुक्रबारदेखि आइतबारसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । सोहि बस्तीका १५ जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी भएको स्थानीय बिक्की सदाले बताए । उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँच गरी उपचार भइरहेको जनाएको छ ।

Sponsored

यस्तै विषाक्त मदिरा सेवनकै कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा थप एकजनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ४५ वर्षीय रामबहादुर यादवको मिदरा सेवनकै कारण बिरामी भएर ज्यान गएको स्थानीय उमेश यादवले जानकारी दिएका छन् । होलीको अवसरमा स्थानीय स्तरमा उत्पादित मदिरा पिएपछि उनी बिरामी थिए ।

योसँगै रमदैया बस्तीमा घरेलु मदिरा सेवनका कारण बुधबार यता मर्नेको संख्या ९ पुगेको छ भने १५ दिन यता १३ पुगेको छ । धनुषाको रमदैयामा १३ र जनकपुरको मुसहरी टोलमा ४ गरी अहिलेसम्म १५दिन यता मदिरासेवनबाटै मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यता प्रहरीले भने धनुषाको रमदैयामा बुधबार यता मृत्यु भएको ९ जनाको मात्र मदिरा सेवनबाट मृत्यु भएको पुष्टि गरेको छ । जनकपुरको मुसहरी टोलमा मदिरा सेवनबाट बिरामी भएर मृत्यु भएको भनिएका ४ जना झाडापखालाबाट मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले दावी गरे । तर स्थानीयले भने होली पर्वको अवसरमा मदिरा सेवन गरेपछि बिरामी भएर नै उनीहरुको मृत्यु भएको दावी गरेका छन् ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *