बटेश्वरमा गापा अध्यक्ष राउत विरुद्ध जसपाको प्रदर्शन
टुडेपाटी-
धनुषा, फागुन २६ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा गापा अध्यक्ष डम्बर राउत क्षेत्रीलाई कारबाहीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गरेको छ ।
बटेश्वर बजारमा प्रदर्शन गर्दै जसपाका स्थानीय नेता कार्यकर्ताले अख्तियारबाट उम्केका भ्रष्टाचारी अध्यक्ष राउतलाई अहिले नै निलम्बन गर्नुपर्ने र खोजविन गरी पक्राउ गरेर कारबाही गर्नु पर्ने माग गरेका ह्न् ।
प्रदर्शनमा जसपाका स्थानीय नेता रामनरेश महतो, राजकिशोर महतो, प्रदीप सिंह लगायतको सहभागिता रहेको थियो ।
८ लाख घुस रकम फालेर भागेका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ तथा निलम्बन गरी कारबाही गर्न जसपाले माग गर्दै आएको छ ।
Sponsored