अब मुस्लिम आयोगको विशेष वक्ता मुस्कान खातुन
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
नेपाल मुस्लिम आयोगले पर्साकी एसिड पीडित मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।
आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो ।
बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताएका छन् ।
एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।
Sponsored
यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको जानकारी दिइन् । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि बताइन् ।
केहि दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान पनि गरेको छ ।