TodayPati

बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको सिरक, डस्ना र तकिया चोरी

टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालू यादवलाई झारखण्डको राजधानी राँचीस्थित रिम्सले दिएको सिरक, डस्ना र तकिया चोरी भएको छ ।

घटना सार्वजनिक भएपछि वरिष्ठ प्रहरी अधीक्षकले लालूको सुरक्षामा खटिएका १० प्रहरीसँग स्पष्टीकरण मागेका छन् ।

Sponsored

चारा घोटाला अपराधमा सजया भोगिरहेका लालू रिम्सको केली बंगलामा बसेर उपचार गराइरहेका छन् । चोरी भएको बेलामा राँची प्रहरीका १० जवान तैनाथ थिए ।

पछि लालूलाई उपचारका लागि दिल्ली पठाइएको थियो । सुरक्षामा तैनाथ जवान जाँदै गर्दा रिम्सबाट डस्ना, सिरक र सिरानी लिएर गए ।

रिम्स प्रशासनले जवानहरूलाई धेरैपटक त्यो फर्काउन माग गरेको भए पनि उनीहरूले फर्काएनन् । राँची एसएसपीलाई पत्र समेत रिम्स प्रशासनले पठाएको छ । एएसपी सुरेन्द्र कुमार झाले यसको जानकारी पाएपछि जवानहरूसँग स्पष्टीकरण मागेका छन् ।

Sponsored

उनले १० दिनभित्र सामान फर्काउन निर्देशन पनि दिएका छन् । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *