राप्रपाको प्रदेश २ का अध्यक्षमा रामचन्द्र राय र उपाध्यक्षमा महेशलाल महासेठ चुनिए
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश २ को अध्यक्षमा सर्लाहीका राम चन्द्र रायलाई चयन गरिएको छ ।
राप्रपाले ५ प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेकोमा प्रदेश २ को अध्यक्षमा राय र उपाध्यक्षमा सिरहाका महेशलाल महासेठलाई चयन गरेको हो ।
पार्टी विधानअनुसार ५ वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले बुधबार जारी विज्ञप्तिमा जनाएको छ ।
पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ।
Sponsored
जसअनुसार राप्रपाको प्रदेश कमिटीमा विभिन्न व्यक्तिले जिम्मेवारी पाएका छन्।
जस अनुसार प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ।
यस्तै गण्डकी प्रदेशमा हेमजंग गुरूङ (लमजुङ) अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष छन्।
यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय रूपन्देही अध्यक्ष हुन् भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष छन्।
यस्तै कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष छन्।
राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको छ।