TodayPati

कारोणा भाइरस आतंक : यी चार नाका बाहेक सबै भारतीय नाका सिल

टुडेपाटी
जनकपुरधाम, चैत २ गते ।

आइतबारदेखि नेपाल भारतका प्रमुख चार नाका बाहेक अन्य सबै नाका बन्द गरिएको छ । नोबोल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ नाका बाहेका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।
सोही निर्णय आजदेखि लागु गरेको छ। आजदेखि भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको हो ।

समान ढुवानी भने सबै नाकाबाट यसअघिको ब्यवस्था अनुसार सबै नाकाबाट हुने बताइएको छ। भारतको निर्णयले रोजगारीका लागि भारत र नेपालबाट आउजाउ गर्नेहरु प्रभावित हुनेछन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *