नेकपा एमालेले पार्टी कार्यालय प्रदेश २ मा लगायो नयाँ बोर्ड
टुडेपाटी-
जनकपुरधाम, फागुन २५ गते ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश २ पार्टी कार्यालय जनकपुरमा नयाँ बोर्ड लगाएको छ ।
मंगलबार जिल्ला पार्टी कार्यालय धनुषामा जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा नेकपा एमालेले (मिथिला भवनमा) नयाँ बोर्ड लगाएको हो ।
सर्वोच्च अदालतले नेकपा नाम विवादको फैसला ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेले देशभर जिल्ला पार्टी कार्यालय र प्रदेश पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको नयाँ बोर्ड धमाधम लगाउन थालिएको छ ।
निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय समेत गरेको छ ।
Sponsored