TodayPati

माधव समूह एमालेमै फर्किने, एकता कायमै राख्नुपर्नेमा जोड

टुडेपाटी-
काठमाडौं, फागुन २४ गते ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी अलग–अलग रुपमा अघि बढ्ने भएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहको पेरिसडाँडामा सोमबार बसेकोस्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् ।

Sponsored

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी अब अलग–अलग रुपमा अघि बढ्ने बताए ।

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएपछि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो ।
बैठकले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्नेमा जोड दिइएको छ ।
बोल्ने नेताहरुले सर्वोच्चको फैसला असामान्य र राजनीतिक उद्देश्यले प्रेरित भएर आएको धारणा राखेका थिए ।
‘अदालतको फैसलाको सम्मान गरेपनि फैसला असामान्य, राजनीतिक प्रकृतिको आयो,’ बैठकमा नेताहरुले भनेका थिए ।

बैठकले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *