TodayPati

सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने प्रचण्ड नेपाल पक्षको निष्कर्ष

टुडेपाटी-
काठमाडौं, फागुन २४ गते ।

नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउन प्रयास तीव्र पारेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ ।

आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

Sponsored

नेकपामा बहुमतमा रहेको यो पक्षले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ ।

नेकपा एमाले पृष्ठभूमिका नेता घनश्याम भुसालले सर्वोच्चको निर्णय राजनीतिक भएको र त्यसले आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको बताए । उनले भने,‘सर्वोच्चको निर्णय राजनीतिक हो भन्ने स्पष्ट भइसकेको छ । पुनरावलोकनमा हामी जान्छौँ । तर त्यो भन्दा पहिला सबै साथीहरुको राय लिन आवश्यक छ ।’

भुसालजस्तै एमाले पृष्ठभूमि भएका दर्जन भन्दा बढी नेताहरु हाल माओवादी केन्द्र पृष्ठभूमि भएका प्रचण्ड र एमाले पृष्ठभूमि भएका नेपालको पक्षमा उभिएका छन् ।

Sponsored

प्रचण्डनेपाल पक्षमै रहेका नेता रघुजी पन्तले सर्वोच्चको निर्णय न्यायिक नभई राजनीतिक भएको बताए । त्यसैले अब आफूहरु पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *