नारी दिवसको अवसरमा प्रदेश २ सरकारले आज धनुषाका १५ सय छात्रालाई साइकल वितरण गर्दै
टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।
प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनुषाका १५ सया छात्रालाई साइकल वितरण गर्न लागेका छन् ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गर्न लागिएको हो ।
आज विहान ११ बजे मधेस भवनस्थित खेलकुद मैदानमा मुख्यमन्त्री लालबाबु राउतले साइकल वितरण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कर्याालयले जनाएको छ ।
यस अभियान अन्तर्गत प्रदेश सरकारले दोस्रो चरणमा २० हजार साइकल वितरण गर्ने लक्ष्य लिएको छ ।
Sponsored
मुख्यमन्त्री कार्यालयका अनुसार पहिलो चरणमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत २० हजार साइकल वितरण गरिसकेको छ ।